Live Streaming

लागूऔषधिसहित पक्राउ

बारा,१० साउन । बाराको बरैनियााबाट सशस्त्र प्रहरीले लागुूऔषध सहित एकजनालाई पक्राउ गरेको छ ।सशस्त्र प्रहरीले फेनरागन , डाइजापाम र  नरफिन गरि तीन सय १५ थान लागूऔषध सहित बाराको बरैनिया गाविसको कल्याणपुरका विशेश्वर यादवलाइ पक्रेको हो ।

 विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरैनियाबाट सशस्त्र प्रहरी निरिक्षक अमीत मल्लको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट ग ३ प ५१६८ नम्बरको मोटरसाइकलमा लागु औषध लिएर आउदै गरेका यादवलाइ कान्तिपुर बरैनियाबाट पक्रेको हो । लागु औषध र मोटरसाइकल सहित पक्राउ परेका यादवलाइ आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको सशस्त्र प्रहरी निरीक्षक मल्लले बताउनु भयो ।