Live Streaming

चिकित्सकलाई हातपात गर्ने पक्राउ

क्रान्ति शाह
बारा,१० साउन । बारामा प्रहरीले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका एक जना नेतालाई पक्राउ गरेको छ ।  प्रहरीले फोरम लोकतान्त्रिकका जिल्ला सदस्य एवं मधेसी युवा फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष कलैया–५ निवासी जटाशंकर भन्ने मिस्रीलाल सहनीलाई पक्राउ गरेको हो ।

सहनीले गएराती रक्सी सेवन गरेर कलैया अस्पतालका चिकित्सक र अस्पतालमा खटिएका सुरक्षाकर्मीलाइ गालीगलौज र हातपात गरेकाले उनलाइ पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीले बताउनु भयो । सहनीमाथि मुद्दा चलाउने वा नचलाउने बारेमा छलफल भइरहेको प्रहरी नायब उपरीक्षक रेग्मीले बताउनु भयो ।

फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष ओमप्रकाश चौधरीले भने सहनीको पक्राउ बारे प्रहरीसंग बुझ्ने काम गरिरहेको बताउनु भयो ।