Live Streaming

नेप्सेमा सर्किट ब्रेक

 

आशीष ज्ञवाली

काठमाडौं,१० साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी बढाउने नीति ल्याएपछि खुलेको सेयर बजारमा आइतबार छोटो समयमै सर्किट ब्रेक लागेको छ ।
आइतबार पनि कारोबार भएका अधिकांश बैंक तथा वित्तीय संस्थाको सूचक उकालो लागेपछि सर्किट ब्रेक लगाइएको हो । नेप्सेले परिसूचक एकै पटक तीन प्रतिशतभन्दा माथि पुगेपछि सर्किट ब्रेक लाउने गर्छ । नेप्से परिसूचक  १०४१ पुगेको छ।