खाने होइन त मेवा

मेवा प्रायजसो तराई र भित्री मधेशमा सजिलै उपलब्ध हुने फल हो। पाकेको मेवाको स्वाद त बिर्सिनसक्नु नै हुन्छ । यतिमात्र नभएर मेवामा विभिन्न औषधीय गुण पनि पाइन्छ । पाकेको मेवा मात्र नभएर काँंचो मेवालाई पनि तरकारी तथा अचारका रुपमा सेवन गर्न सकिन्छ । मेवामा पर्याप्त मात्रामा क्यारोटेन नामक तत्व हुन्छ । मेवामा भिटामिन एको मात्रा प्रशस्त हुने भएकाले जुुनसुकै उमेर समुहका व्यक्तिका लागि मेवा सेवन गर्नु राम्रो हुन्छ। यसमा पोटासियम पनि पर्याप्त मात्रामा हुन्छ। यसका साथै मेवामा भोजन पचाउनका लागि चाहिने विभिन्न तत्व हुन्छन् । काँंचो मेवाको सेवनले कब्जियतबाट छुटकरा पाउन सकिन्छ।
त्यस्तै पाकेको मेवा कलेजोका बिरामीका लागि वरदान नै मानिन्छ । मेवाको दानामा कीटाणु मार्ने शक्ति पनि हुन्छ । जुका पर्दा काँंचो मेवाको रस महसँंग मिलाएर खाँंदा बिरामीले केही राहत महशुस गर्छन् । पाकेको मेवाका २० २७ वटा बीउ १० १५ दिनसम्म दिनको दुईपटक खाँंदा कब्जियत हट्छ। त्यस्तै शरीर दुखेको खण्डमा मेवाो पातलाई आगोमा तताएर दुखेको ठाउँमा राख्दा दुखााइ कम हुन्छ । रक्तअल्पता अर्थात् शरीरमा रगतको मात्रा कमी भएमा मेवाको सेवन गर्न सकिन्छ ।
पिसाब पोलेको समयमा पनि मेवा सेवन गर्दा राम्रो हुन्छ । मेवाको नरम पात तातोपानीमा राखेर केही समयपछि सो पानी पिउँंदा पिसाब पोलेको ठीक हुन्छ । सुत्केरी आमाको दूध बढाउन काँंचो मेवाको तरकारी तथा पाकेको मेवा दिनमा दुई तीन टुक्रा खाँंदा सुत्केरीको दूध बढ्ने र शरीरमा रगतको मात्रा पनि बढ्छ । नियमित मेवाको सेवनबाट आँंखालाई समेत फाइदा पुर्याउँंछ र रतन्धो हुनबाट जोगाउँंछ ।
लामो समयसम्म बिरामी भएपछि ढाडमा हुने घाउमा मेवाको लेप लगाउँंदा घाउमा भएका मृत कोषिका हटाई घाउ निको पार्छ । पाकेको मेवाको गुदी मिचेर अुनहारको छालामा लगाउँंदा छाला गोरो, सफा अनि चम्किलो हुन्छ । अपच भएमा अथवा अमिलो डकार आएमा मेवा सेवन गर्न सकिन्छ ।
श्रोत : एजेन्सी