Live Streaming

​चार दलको बैठक स्थगित

चार दलको बैठक स्थगित
काठमाडौं,१० साउन । संविधानको मस्यौदामा आएका सुझावहरुलाई सम्बोधन गर्ने बसेको प्रमुख दलहरुको साँझ फेरि बस्नेगरि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा प्रमुख दलहरुले शासकिय स्वरुप, धर्म निरपेक्षता र संघियतालगायतका विषयमा आ आफ्नो अडान नछाडेपछि सहमती हुन नसकेको हो ।

दलहरुले मस्यौदामाथि आएका सुझाव केलाउन प्रमुख सचेतकहरुलाई जिम्मा दिएका छन् । आज दिउसो प्रमुख सचेतकहरुले संविधान सभाको नागरिक सम्बन्ध तथा संबिधान सुझाव समितीमा आएका सुझाव केलाएपछि साँझ ६ बजे पुनः बैठक बस्नेगरी स्थगित भएको कंग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।