Live Streaming

क्यामरुनमा आत्मघाती बम विष्फोट कम्तीमा १४ जनाको मृत्यु

एजेन्सी,१० साउन । क्यामरुनको उत्तरी सहर मारुवामा भएको आत्मघाती बम विष्फोटमा परि कम्तीमा १४ जनाको मृत्यु भएको छ । मानिस जमघट हुने स्थानमा एक आत्मघाती महिलाले विष्फोट गराएकी थिइृन् । विष्फोटमा परि दुई दर्जनभन्दा बढि घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विष्फोटको जिम्मा कसैले नलिएपनि बोको हराम विद्रोहीले गराएको अधिकारीहरुले दावी गरेका छन् । ३ दिन अघि पनि सो ईलाकामा सेना र बोको हराम बिद्रोहीबीच संर्घष चलेको थियो ।