Live Streaming

​यमनमा ५ दिनका लागि युद्धविराम

एजेन्सी,१० साउन । यमनमा लामो समयदेखि जारि युद्ध ५ दिनका लागि रोकिएको छ । विद्रोही  संगठन हुथी विद्राहीविरुद्ध साउदी नेतृत्वले जारि राखेको आक्रमण ५ दिनका लागि रोक्ने गठबन्धन सेनाले जनाएको हो । युद्धविराम गएराती बाटै लागू भएको छ । तर विद्रोहीले भने युद्धविरामको पालना नगर्ने जनाएको छ । 


यसैबीच युद्धविराम हुनुअघि गठबन्धन सेनाले बिद्रोही विरुद्ध गरेको हबाई कारबाहीमा कम्तीमा १ सय २० जनाको मृत्यु भएको यमनी अधिकारीहरुले जनाएका छन् । मारिनेमा विद्रोहीका अलावा केहि सर्वसाधारण समेत रहेको बताइएको छ ।