Live Streaming

स्थानीय जातका धान लोप हुने अवस्था

छेटु शेर्पा 
संखुवासभा,१० साउन । परम्परागत रुपले खेती गरिँदै आएको स्थानीय जातका धानहरु सङ्खुवासभामा लोेप हुने खतरा बढेको छ । जिल्ला कृषि विकास कार्यालय संखुवासभाले दिएको जानकारी अनुसार स्थानीय जातको अट्टे, बेलकुटी, दुधे, टाकमारु, न्याउली, मनसरो, ठूलोधान, कृष्णभोग आदि जातका धान लोप हुँदै गएका हुन् ।

किसानहरुले यी जातका धान खेतमा रोप्न छाड्दै गएकाले लोप हुने खतरा बढेको हो । विकसित नयाँ जातका धानबाट उत्पादन बढी हुने भएपछि किसानले त्यसैलाई रोप्न थालेकाले यस्तो अवस्था आएको हो ।