Live Streaming

१६ बुँंदे सहमतिका बुँंदाहरु चट्टानमा कुंटिएका अक्षर होइनन् : माधव नेपाल

काठमाडौं,१० साउन । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नयाँ संविधानमा नागरिकका कुरा समेट्न १६ बुँदे सहमतिका केही विषय परिवर्तन गर्न सकिने बताउनु भएको छ । १६ बुँदे सहमतिका  बुँदाहरु चट्टानमा कुँदिएका अक्षर नभएको तर्क गर्दै नेता नेपालले सहमति गर्ने क्रममा धेरै विषय परिवर्तन गर्न सकिने बताउनुभयो ।

रेडियो अन्नपूर्ण नेपालको नियमित बिहानी कार्यक्रम अन्नपूर्ण फ्रन्टलाईनमा कुराकानी गर्दै नेता नेपालले नागरिकका सुझावका आधारमा संविधान लेख्नेगरि नै दलहरुबीच छलफल भइरहेको र छिट्टै निष्कर्षमा पुग्ने बताउनुभयो ।

कतिपय सुझावहरु प्रायोजित भएको बताउँदै नेता नेपालले नागरिकस्तरबाट आएका खास सुझावहरु संविधानमा समेट्ने बताउनुभयो । उहाँले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिका पक्षमा एमालेभित्रको मत बलियो भएको बताउँदै दलहरुबीच सहमति भए शासकीय स्वरुपको प्रावधान संसोधन गर्न सकिने बताउनुभयो ।

४७ सालको संविधान बनाउने बेलामा पनि धेरै विरोधका आवाजहरु सुनिएको र पछि सबै आन्दोलन मत्थर भएको स्मरण गराउँदै नेता नेपाालले संविधान बनिसकेपछि सबै समस्या समाधान हुने टिप्पणी गर्नुभयो ।