Live Streaming

​डिभी पिआर भए जानकारी गराउ: लालबाबु

काठमाडौं,७ साउन । सामान्य प्रशासन मन्त्रायलले सरकारी कर्मचारीका आफन्तलाइ डिभी पिआर भए नभएको साउन २९ गतेभित्र जानकारी गराउन निर्देशन दिएको छ । मन्त्रालयले सूचना जारी गरी साउन २९ गते सम्म डिभि पिआर प्राप्त गरेका सरकारी कर्मचारी तथा कर्मचारीका पति पत्नीलाई डिभी, पिआर अथवा कुनै पनि विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको भए जानकारी गराउन भनेको हो ।

डिभी पिआरधारी सरकारी कर्मचारीले भएको तथा आवेदन गरेको विषयमा कार्यरत कार्यलयमा विवरण भरेर जानकारी गराउन सकिने मन्त्रालयले जनाएको छ । निजामती ऐन चौथो संशोधन असार २९ गतेबाट कानुनको रुपमा लागू भइसकेकाले मन्त्रालयले यस्तो सुचना जारी गरेको हो । निजामती ऐन चौथो संशोधन अनुसार डिभी पिआर लगायतका आवासीय अनुमतिका लागि निवेदन पेश नगर्न निजामती कर्मचारीहरुलाइ सामान्य प्रशासन मन्त्रालयले आग्रह गरेको छ ।

त्यस्तै कर्मचारीले दिएको जानकारी १५ दिनभित्र सामान्य प्रशासन मन्त्रालयलाई पेश गर्न सरकारी कार्यालयहरुलाई भनिएको छ । मन्त्रालयले डिभि पिआर भए नभएको जानकारी नदिने सरकारी कर्मचारीलाई विभागिय कारवाही गर्ने चेतावनी समेत दिएको छ ।