रोल्पामा राप्रपाको बन्द,जनजीवन प्रभावित
खेम बुढामगर
रोल्पा, ७ साउन। मस्यौदा संविधानमा बन्द गर्न नहुने सुझाव दिएको राप्रपा नेपालले रोल्पामा भने बन्द आयोजना गरेको छ । बजार र यातायात बन्द गरेपछि बिहीबार बिहानदेखि नै रोल्पा सुनसान बनेको छ । किनमेलका लागि बजार आएका र यातायातका साधनमार्पmत जिल्ला आउने र बाहिरिने यात्रु अलपत्र परेका छन् । बन्दले जनजीवन प्रभावित भएको छ । गन्तव्यमा पुग्नका लागि मान्छेहरु पैदल हिड्न बाध्य छन् ।
केन्द्रिय अध्यक्ष कमला थापालगायतका नेता र कार्यकर्ता माथि हेटौडामा गरिएको आक्रमणका विरोधमा बन्द आयोजना गरिएको राप्रपा नेपालका केन्द्रिय सदस्य दरबीर पुनमगरले बताए । पार्टीका नेता र कार्यकर्ताले बिहानै बजार र यातायात बन्द गराउन हिडेका थिए । सदरमुकाम लिबाङ बजारका पसल खुलेका छैनन् । यातायातका साधन पनि चलेका छैनन ।