श्रीमानले घरबाट निकालेकी सोमामायालाई बाच्नै गाह्रो
मनिका झा
जनकपुरधाम, ७ साउन । श्रीमानले दोस्री श्रीमती भित्र्याएर घरबाट निकालेकी सोममाया लामालाई साथमा दुईवटा छोरा भएकाले खासै पीर परेको थिएन । तर तिनै बुढेसकालका दुवै छोरा अपांग भएपछि अहिले सोममायालाई पर्नुसम्मको दुस्ख परेको छ ।
धनुषाको धनुषाधाम नगरपालिका ६ उमापे्रमपुर मालटोलकी ५० वर्षीया सोममायाका दुई छोरा २० वर्षीय मोहन लामा र १८ वर्र्षीय प्रकाश लामा ६ वर्ष देखि लागेको सुकेनाश रोगले थला परेका छन् । समयमै बिरामी छोराको उपचार गर्न नपाउँंदा सोममायालाई जीवन धान्न समस्या भएको छ ।
जन्मिदा पूर्ण रुपमा स्वस्थ रहेका दुवै छोरा कक्षा ६ मा पढ्दै गर्दा अचानक रोग लागेको थियो । रोगले दुवै दाजुभाईको हातखुट्टा सुकेर सदाको लागि अपांग भएपछि उनीहरु आफैं हिंलडुल गर्न , खान लाउन ,दिशापिशाव गर्न समेत सक्दैनन् । खान, लाउनदेखि दिशा पिसाव गराउनेसम्मको सबै जिम्मेवारी सोममायाको काँधमा आएपछि उनले जीवन बोझ भइसकेको बताइन् । २८ वर्षको उमेरमा वि.स. २०५० सालमा यज्ञभूमि गाविस ७ का शम्शेर लामासंँग प्रेम विवाह गरेकी सोममायालाई श्रीमानले अर्को बिहे गरेर दुवै छोरा सानो हँुंंदा नै सम्बन्ध विच्छेद गरि घर निकाला गरेका थिए ।
दुधे छोराहरुलाई काखमा च्यापेर बुबा मानबहादुर कालदम र आमा जानकी कहाँंं पुगेकी सोनमाया १५ वर्षदेखि माइतमै बस्दै आएकी छिन् । तर, आमा बुबा पनि बुढाबुढी भए,छोरा पनि अपांग भएपछि दुई छाक टार्न समेत धौं धौ परेको सोनमायाले बताइन् । श्रीमान्ले छाडेपनि दुईछोरा बुढेसकालको सहारा बन्लान भनेर सोचेको थिए तर, यीनिहरुको जीवन पनि बोझ भएपछि अब तीनजनालाई बाँंच्नै गाहे भएको सोनमायाले रेडियो अन्नपूर्ण नेपाललाई बताइन् ।
यता,छोराहरु पूर्ण अपांग भएको ६ वर्ष वितिसक्दा पनि हालसम्म उनीहरुले सरकारबाट पाउनु पर्ने सेवासुविधा एवं अपांग भत्तासमेत नपाएकोमा सोनमायाले दुखेसो पोखिन् । आफुले पनि श्रीमान्बाट अंश पाउनका लागि जिल्ला अदालत धनुषामा ६ वर्ष दौडधुप गर्दासमेत अंश पाउनु त परे जाओस् मजदुरी गरि जोडेको रकम समेत दौडधुपमै खर्च भएको उनले गुनासो पोखिन । अदालतमा आफ्नो कुरा सुन्ने कोही नरहेको र राम्रो वकिल कहाँ जाने पैसा आफूसँंग नरहेकोले ६ वर्षसम्म प्रयास गरेर अंश पाउने आश छाडेको उनले बताइन् ।
आफ्नो जीवन त जसोतसो कटिहाल्यो तर, आफुलाई केही भयो भने दुवै छोराहरुको होलत के होला भन्ने चिन्ताले सोनमायालाई सताउने गरेको छ । अपांगताको दर्जा निर्धारण गर्ने एवं प्रमानपत्र प्रदान गर्ने महिला तथा बालबालिका कार्यालयमा आपांग छोराहरुलाई लिएर ६ दिन धाउँदा समेत कुनै पहल नभएको र सरकारबाट पाउनु पर्ने अपांगभत्ता पनि आफुजस्ता गरीबले नपाएको उनले बताइन् ।