Live Streaming

​आत्माघाती बम बिष्फोटमा २० जनाको मृत्यु

एजेन्सी,७ साउन । ईराकको राजधानी बगदादमा भएको आत्माघाती बम बिष्फोटमा परि कम्तीमा २० जनाको मृत्यु भएको छ । राजधानी बगदादको एक व्यस्त बजारमा भएको सो बिष्फोटमा अन्य सय भन्दा बढी घाइते भएका छन् ।

सियाहरुको बाहुल्यता रहेको सो क्षेत्रमा केहि दिन अघिमात्र ईस्लामिक स्टेटले आत्मघाती बम बिष्फोट गराई दर्जनौ सर्बसाधारणको हत्या गरेका थिए । सो बिष्फोटको जिम्मा कसैले नलिएपनि आइयसले नै बिष्फोट गराएको आशंका गरिएको छ । 

उता नाईजेरियामा भएको श्रृखलाबद्ध बम बिष्फोटमा परि कम्तीमा ४० जनाको मृत्यु भएको छ । नाईजेरियाको उत्तरी क्षेत्र गोम्बे शहरमा २ बस स्टेशनमा लगातार बिष्फोट भएको अधिकारीहरुले जनाएका छन् । पहिलो बिष्फोट भएको २० मिनेटपछि सोहि स्थान नजिक अर्को बिष्फोट भएको थियो ।

बिष्फोटमा परि दर्जनौ सर्वसाधारण घाइते भएको अधिकारीहरलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । घटनाको जिम्मा बोको हराम विद्रोही समुहले लिएको छ ।