ईयुले राखेको प्रस्ताव ग्रिसको संसदद्धारा पारित
एजेन्सी,७ साउन । देशको ऋणसंकट समाधानका लागि युरोयियन युनियन ईयुले राखेको प्रस्ताब ग्रिसको ंससदले पारित गरेको छ । ईयुले ग्रिसको ऋणसंकट समाधानका लागि ८६ बिलियन युरोको प्रस्ताब गरेको थियो ।
उसको प्रस्ताबले ग्रीसका बैक तथा बित्तिय संस्थाहरुलाई ठुलो राहात पुग्ने बताईएको छ । बजेटमा मिश्रित समायोजनका लागि खराब कर्जा र ऋणीहरु माथि बिशेष निगरानी बढाउने गरि आर्थिक कानुन बनाउन पनि ससदले कानुन परिमार्जन गर्ने कसरत पनि त्यहाको संसदले सुरु गरेको छ ।
अन्तराष्ट्रिय मुद्राकोष र दाताहरुको ऋण तिर्न असमर्थ भएपछि ग्रिसले युरोजोनको प्रस्ताब अनुसारकै कानुन बनाउन कसरत सुरु गरेको हो ।