आज पुष्पलाल स्मृती दिवस
काठमाडौं,७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३७ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । कम्युनिष्ट पार्टीका संस्थापक नेताको स्मृतिमा नेकपा एमालेसहित अन्य कम्युनिष्ट पार्टीहरुले कार्यक्रम आयोजना गरेका छन ।
स्मृति दिवसका अवसरमा एमालेले काठमाडौंको चम्पादेवीमा कार्यक्रम आयोजना गरेको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले चम्पादेवीमा रहेको उहाँको प्रतिमामा माल्यार्पण कार्यक्रम राखेको र अहिले कार्यक्रम भइरहेको एमालेले जनाएको छ । बाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भुमिका खेल्नुभएका पुष्पलालकोे बि. सं २०३५ साल साउन ७ गते भारत निर्वासनका क्रममा निधन भएको हो । बाम आन्दोलनका कारण पञ्चायतकालमा उहा भारत निर्वासनमा जानुपरेको थियो ।
शहिद गंगालालका भाइसमेत रहनुभएका पुष्पलालले २००६ सालमा भारतमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो भने कम्युनिष्ट आन्दोलनको घोषणापत्रलाई पहिलोपटक नेपालीमा अनुवाद गर्नुभएको थियो ।