Live Streaming

​बन्दले जनजीवन प्रभावित

काठमाडौं,६ साउन । आफ्ना कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै राप्रपा नेपालले देशका विभिन्न जिल्लामा आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ । बन्दका कारण मकवानपुर र झापाको जनजीवन प्रभावित भएको हो ।

ति जिल्लाहरुमा अहिले सवारी साधनहरु चल्न सकेका छैनन् भने बजार पसल पनि बन्द छन् । सुझाव संकलनका क्रममा नाराबाजीमा उत्रिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दमन गरेको भन्दै राप्रपा नेपालले जिल्ला कमिटीलाई जिल्ला अनुकुलको विरोधका कार्यक्रम गर्न आग्रह गरेअनुसार झापा र मकवानपुरमा बन्द आह्वान गरिएको हो ।

यस्तै अरु जिल्लाहरुमा पनि प्रदर्शन तथा नाराबाजीका कार्यक्रम भइरहेको सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । हिन्दु राष्ट्र र संबैधानिक राजतन्त्र कायम गर्नुपर्ने माग गर्दै आन्दोलनमा रहेको राप्रपा नेपालले मस्यौदामाथि सुझाव संकलनका क्रममा देशभर प्रदर्शन गरेको थियो ।