मिसाईलबेस टावर निर्माण सुरु
एजेन्सी,६ साउन । उत्तर कोरियाले मिसाईलबेस टावर निर्माण सुरु गरेको छ । आगामी अक्टोबर १० मा हुने ७० औ राष्ट्रिय दिवसलाई लक्षित गरी निर्माण गरिएको सो मिसाईल टावरलाई सोही दिन प्रक्षेपण गरिनेछ ।
६७ मिटर लामो सो मिसाईलले गत डिसेम्बरमा निर्माण गरिएको मिसाईलभन्दा लामो मार हान्न सक्नेछ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आग्रह बेवास्ता गर्दै उत्तर कोरियाले सो मिसाईलको निर्माण सुरु गरेको हो । उसले उत्तर कोरियाको सो कार्यको भत्र्सना गरेको छ । उत्तर कोरियाले यसअघि पनि सुरक्षा परिषदको आग्रह बेबास्ता गर्दै पटक पटक मिसाईल परिक्षण गर्दै आएको छ ।