Live Streaming

​आज वीपी स्मृति

काठमाडौं,६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ३३ औँ स्मृति दिवसमा आज नेपाली कंग्रेस तथा भातृ संगठनहरुले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँंदैछन् ।  वि. संं. १९७१ मा जन्मिनुभएका प्रजातान्त्रिक आन्दोलनका शीखर पुरुष वीपीको २०३९ साल साउन ६ गते निधन भएको हो ।

नेपालमा रहेको एकतन्त्रीय जहानीया राणा शासनको अन्त्य गरी २००७ सालमा प्रजातन्त्रको स्थापना गर्न उल्लेखनीय योगदान दिनुभएका कोइराला नेपालको पहिलो जननिर्वाचन प्रधानमन्त्री बन्न सफल हुनुभयो । तत्कालिन राजा महेन्द्रले विं स. २०१७ मा संसदीय व्यवस्था विघटन गरी पञ्चायती व्यवस्था स्पथापना गरेपछि वीपी जेल पर्नुभएको थियो ।

त्यसपछि भारत निर्वासनमा जानुभएका उहाँं मेलमिलाप नीति लिएर नेपाल फर्किनु भएको थियो । उहाँंको मेलमिलाप नीतिलाई अहिले कंग्रेसकै नेताहरुले अगिंकार गर्न नसकेको जनगुनासो बढ्न थालेको छ ।