Live Streaming

​मुलुकभर उत्साहजनक रुपमा सुझाव संकलन

काठमाडौं,५ साउन । भावी संविधानको एकीकृत मस्यौदामाथी मुलुकभर उत्साहजनक रुपमा सुझाव संकलन भइरहेको छ । छिटपुट घटनाबाहेक मुलुकभर सुझाव संकलनमा नागरिकको उल्लेखिय सहभागिता रहेको संविधानसभा सचिवालयले जनाएको छ ।

यसैबीच संविधानसभा सचिवालयमा अहिलेसम्म २५ हजार भन्दा बढी राय सुझाव आएको छ । संविधानसभा सचिवालयले दिएको जानकारी अनुसार दिउँंसोसम्म वेबसाइटबाट १५ हजार ७ सय ईमेलबाट ५ हजार ५ सय टोल फ्रि नम्बरबाट २ हजार २ सय ८८ र फ्क्सबाट ९१७ वटा सुझव आएको संविधानसभा सचिवालयका सह प्रवक्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो । त्यस्तै संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई २२१ भन्दा बढी संघ संस्थाका प्रतिनिधिहरुले भेटेर सुझाव दिएका छन् ।

यसैबीच गृहमन्चालयले पनि मुलुकभर शान्तिपूर्ण रुपमा सुझाव संकलन भई रहेको जनाएको छ । छिटपुट रुपमा अवरोध भए पनि अहिले सम्म अप्रिय घटना नभएको गृहमन्त्रालयले जनाएको छ । २४० वटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सभासदको संयोजनमा सुझाव संकलन भई रहेको छ । जनताले सीमाकंनसहितको संविधान, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, सांसद हुन शैक्षिक योग्यता, धर्म निरपेक्षता हटाउनुपर्ने, निर्वाचन थ्रेसहोल्ड राख्नुपर्ने, आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्न, प्रदेश प्रमुखलाई समेत महाअभियोग लगाउन सक्ने प्रावधान राख्न र प्रधानसेनापतिलाई सुरक्षा परिषदमा राख्न लगायतका सुझाव दिएका छन् ।