Live Streaming

​सुनसरीमा पनि संविधानको मस्यौदा जलाइयो

रत्नप्रसाद आचार्य
इटहरी,५ साउन । सुनसरीमा थालिएका संविधानको मस्यौदा माथिको सुझाव संकलनको दोस्रो दिन मंगलबार सुनसरीका क्षेत्र नमबर २, ४ र ५ को सुझाव संकलन गरिएको छ । क्षेत्र नम्बर २ को इटहरीमा गरिएको सुझाव संकलन बन्द कोठा भित्रको रिजाल भिजन पार्टी प्यालेसमा आयोजना गरिएपछि राप्रपा नेपाल र संघिय लिमबुवान पार्टीका कार्यकर्ताहरुले सुझाव संकलन स्थलमा ढुंगा बर्साएर जनजीवन आतंकित पारेका थिए । 


सुनसरी क्षेत्र नम्बर २ का सभासद तथा संविधान मस्यौदा समितिका सदस्य रेवती रमण भण्डारीको उपस्थितिमा भएको सुझाव स.कलनमा राप्रपा नेपालका सभासद रामकुमार सुब्बाको नेतृत्वमा नाराजुलस सहित सुझाव संकलन स्थलमा जादै गर्दा प्रहरीले भित्र पस्न नदिएपछी प्रहरीसंग झडप भएको थियो । प्रहरीले सुझाव संकलन स्थलमा पस्न नदिएपछी कार्यक्रम स्थलमा राप्रपाका कार्यकर्ताहरुले ढुङ्गा प्रहार गरेपछि स्थिति तनाव ग्रस्त बनेको थियो । राप्रपा नेपाल इटहरीका नगरसभापति रामु पोखरेलले ८० प्रतिशत भन्दा बढी हिन्दु भएको देशमा हिन्दु राष्ट घोषना गर्न माग गरे । उनले बन्द कोठामा गरिएको सुझाव संकलनले जनातको माग सम्बोधन हुन नसक्ने भन्दै सभासद भण्डारी प्रति आक्रोष पोखे । राप्रपाले सुनसरीको क्षेत्र नम्बर १, २, ६ मा राप्रपा नेपालले हिन्दु राष्टो माग गर्दै विरोध प्रर्दशन गरेको थियो । 


यता मंगलवार सुनसरीको क्षेत्र नम्बर ४ को इनरुवा  र ५ को लौकही बजारमा संघिय समाजवादी फोरम नेपाल र मधेसवादीदलहरुले एक मधेस एक प्रदेशको माग गर्दै विरोध पर्दन गरे । सुझाव संकलनलाई अबरोध पुर्याउन खोजेपछी जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी संजय शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले पर्दशनकारीहरुलाई लाठी चार्ज गरेपछी केहि प्रहरी र प्रर्दशनकारी विच दोहोरो झडप भएको थियो । पर्दशनमा तीनजना पर्दशन कारी घाइते भएका छन् । क्षेत्र नमबर ४ मा राप्रपा नेपालका कार्यकर्ताहरुले हिन्दु राष्टको माग गर्दै मस्यौदा जलाएका थिए । 
त्यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन जितेको क्षेत्र नम्बर ५ मा समेत फोरमका कार्यकर्ताहरुले अवरोध गर्दा केहि बेर सुझाव संकलनको कार्य अवरुद्ध भएको थियो । सुझाव संकलनमा सभासद उपेन्द्र यादव भने अनसपस्थित थिए ।

यादवले पार्टीको निर्णय अनुसार नै आफु निर्वाचित क्षेत्रमा सुझाव संकलनमा नगएको टेलिफोनमा बताए । प्रहरी घेराबन्दीमा गरिएको सुझाव संकलनको अर्थ छैन, यादवले भने अब हामी मधेसी र आदीवासी जनजातीहरुको अधिकारका विरुद्ध सशक्त आन्दोलन गर्ने छौं । संविधानको मस्यौदा अनुसारको संविधान बने देशमा अर्को रक्तपात हुने भएकाले काग्रेस एमाले र एमाओवादीले बेलैमा सचेत भएर सबैको हित हुने संविधान निर्माण गर्न पहल गर्न पनि यादवले अनुरोध गरेका छन् । 

 सुनसरी क्षेत्र नम्बर ४ का सभासद सिताराम मेहताले जनताले दिएका सुझाव हरु संविधान मस्यौदा समितमा राखि सबै जनताको हित हुने संविधान जारी गर्न आफुले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । सुनसरी षेत्र नम्बर २ का सभासद तथा मस्यौदा समितिका सदस्य रेवतीरमण भण्डारीले पनि मस्योदामा छुटेका कुराहरुलाई जनताले दिएको सुझाव अनुसार परिमार्जन गरी संविधान जारी गर्ने प्रतिबद्धता जनाएका छन् । उनले २÷४ जनाले विरोध गर्दैमा संविधान निर्माण प्रकृया नरोकिने पनि दावी गरेका छन् । संविधानको मस्यौदा पूर्ण रुपमा त्रुटिपूर्ण भएको भन्दै शंसोधन गरी जनतासमक्ष पुन ल्याउन जिल्लाबासीले सुझाव दिएका छन् ।