Live Streaming

​मोरङमा बन्दको प्रभाव परेन, मस्यौदाबारे सुझाव संकलन हुँंदै

विराटनगर,५ साउन । मोरङमा संविधानको मस्यौदाबारे सुझाव संकलनमा बन्दले असर गरेनन् । जिल्लाका १२ वटा केन्द्रमा मंगलबार सुझाव संकलन भइरहेको छ । सभासदहरुको टोली विभिन्न केन्द्रमा आयोजित कार्यक्रममा स्थानीय जनताको राय बुझ्ने काम गरिरहेका छन् । वनमन्त्री महेश आचार्यले विराटनगरको विरेन्द्र सभागृहमा सुझाव लिनुभयो ।


 ग्रामीण भेगका केन्द्रहरुमा पनि उत्साहप्रद रुपमा सुझाव दिन मानिसहरु भेला भएका छन् । मोरङको कर्सियामा एमाओवादी सभासद शिवकुमार मण्डल नेतृत्वको टोलीले सुझाव लिएको छ । बिहानैदेखि सर्वसाधारण रिक्सा, साइकल र सिटी रिक्सामा बसेर सुझाव दिन तोकिएका केन्द्रसम्म पुगेका छन् । मोरङमा आज पनि सुझाव संकलन शान्तिपूर्ण देखिएको छ ।