Live Streaming

​काभ्रेमा पुत्ला र मस्यौदा जलाइयो

श्रीराम केसी
बनेपा,५ साउन । काभ्रे क्षेत्र नं ३ ले बनेपामा सुझाव संकलन कार्यक्रममा राप्रपा नेपालका कार्यकर्ताले संविधानको प्रारम्भिक मस्यौदा जलाएका छन् । सभासद रेशम लामा नेतृत्वको टोलीले धर्म निरपेक्षता राष्ट्र खारीज गर हिन्दु राष्ट्र कायम गर्न माग गर्दै मस्यौदा जलाएका हुन ।


नाराबाजी गर्दै मस्यौदा जलाईरहेको स्थानमा प्रहरीले हस्तक्षेप गर्दा र कार्यकता र प्रहरी बिच केही समय झडप भएको थियो । त्यस्तै मंगलबारनै बनेपाको चार डोबाटोमा  धर्मनिरपेक्षता राष्ट्र खारेजीको माग गर्दै  सुझाव संकलन स्थल बाहिर स्वधर्म संस्कृति संरक्षण अभियानले नेपालले धर्म निरपेक्षताको पुत्ला जलाई नाराबाजी गरेका थिए ।  धर्मान्तरण बन्द गर, विदेशी संस्कृति चाहिँदैन जस्ता नारावाजी  र  पिले काड सहित गर्दै अभियानकता मोहन श्रेष्ठको नेतृत्वमा  ५० भन्दा बढी हिन्दुबादीहरुले सुझव संकलन भईरहेको स्थानमा नाराबाजी गरेका थिए । 


बसपार्कबाट नाराबाजी गर्दै बनेपा परिक्रम गरेका अभियानका सदस्यले अभियानले हिन्दुराष्ट माग गर्दै प्रमुख जिल्ला अधिकरी सुदर्शनप्रसाद ढकाललाई ज्ञापनपत्र बुझाइ चारदोबाटोमा धर्मनिरपेक्षताको पुत्ला दहन गरेका थिए । सोमवार काभ्रेको क्षेत्र नम्वर १ र  २  मा सुझाव संकलन भएको थियो भने मंगलबार ३ र ४ क्षेत्रमा  सुझाव संकलन भइरहेको छ ।