हेटौडामा झडप, गणेश थापासहित २० घाइते
हेटौंडाः प्रस्ताबित संविधानको मस्यौदामा संशोधन गर्नको निम्ति सुझाव संकलन केन्द्र तोकिएको मकवानपुर उद्योग वाणिज्य संघको पल्पसा सभागृह मंगलबार रणभूमि जस्तै बनेको छ।
क्षेत्र नम्बर ३ को सुभलाव संकलनका लागि कार्यक्रम सुरु हुने बित्तिकै बैद्य माओवादी सहित राप्रपा नेपालका कार्यकर्ताले अवरोध गरेका छन्। पल्पसा सभागृहको मूल गेटबाटै भित्र जाने सर्बसाधारण नागरिकको झोला तथा शरीर खानतलासी गर्दै भित्र जान दिदै गरेको प्रहरीले राप्रपाको नारबाजी सहितको जुलुसलाई थेग्न सकेन।
न्दुराष्ट्र कायम गराउनका लागि दबाब दिने क्रममा राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा सभासद गणेश थापा, नगर अध्यक्ष गुरुप्रसाद सापकोटालगायत २० भन्दा बढी घाईते भएका छन्। घाईतेको हेटौंडा अस्पताल र चुरेहिलमा उपचार भईरहेको राप्रपाका केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए।
प्रहरीले लाठीचार्ज गर्दा गणेश थापाको टाउको चोट लागेको छ। थापा घाईते भएपछि तत्काल राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि कार्यक्रम स्थलमा पुगेका थिए । राप्रपाका कार्यकर्ताले पल्पसा सभागृहका एक सय भन्दा बढी कुर्सी तोडफोड गरेका छन्
प्रहरीले लाठीचार्ज गरेपछि सभागृह बाहिरबाट राप्रपा कार्यकर्ताले भित्र ढुँगामुडा पनि गरेका थिए। गुण्डागर्दी शैलीमा सुझाव संकलन कार्य अबरुद्ध गर्न खोजेको भन्दै दलहरुले राप्रपाको कार्यप्रति निन्दा गरेका छन्। करिब २ घन्टा अबरोध पछि प्रहरीले भित्रबाट निस्कन मात्र दिएको छ। बाहिर कुनै पनि ब्यक्तिलाई सुझाव दिनका लागि भित्र जान दिइएको छैन।