Live Streaming

जाजरकोटमा सभासद् कैदीका सुझाव लिन कारागार पुगे

जाजरकोट, ५ साउन । जाजरकोट क्षेत्र नं १ का सभासद् तथा एकीकृत नेकपा (माओवादी) स्थायी समितिका सदस्य शक्तिबहादुर बस्नेत कैदीका सुझाव लिन आज कारागार पुग्नुभयो । सभासद् बस्नेत कारागार पुगेपछि कैदीबन्दीले आफूलाई सोलारको व्यवस्था गरिनुपर्ने, पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने व्यवस्था हुनुपर्ने र राम्रो खाना खुवाउनुपर्नेलगायतका माग राखेका थिए । 

नयाँ संविधानमा कैदीबन्दीका लागि मानव जीवनलाई आवश्यक पर्ने आधारभूत कुरा पाउने प्रत्याभूति हुनुपर्ने मागसमेत राखेका छन् । अपराधअनुसारको सजाय हुनुपर्नेसमेत माग कैदीले राखेका छन् । उक्त अवसरमा सभासद् बस्नेतले कैदीबन्दीका कुरा टिपोट गरी जस्ताको तस्तै संविधानसभामा प्रस्तुत गर्ने बताउनुभएको थियो । रासस