Live Streaming

​सुझाव तथा राय संकलन गर्ने क्रम जारी

काठमाडौं,५ साउन । संविधानको मस्यौदामाथी आज पनि नागरीकको सुझाव तथा राय संकलन गर्ने क्रम जारी छ  । प्रत्यक्ष निर्वाचित सभासदको संयोजनमा निर्वाचन क्षेत्रहरुमा सुझाव संकलन कार्य भइरहेको हो ।

जनताले सीमाकंनसहितको संविधान, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, सांसद हुन शैक्षिक योग्यता, धर्म निरपेक्षता हटाउनुपर्ने, संविधान जारी भएको ६ महिना भित्र स्थानिय निकायको चुनाव गर्नुपर्ने, निर्वाचन थ्रेसहोल्ड राख्नुपर्ने, आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्नुपर्ने, प्रदेश प्रमुखलाई समेत महाअभियोग लगाउन सक्ने प्रावधान राख्नुपर्ने र प्रधानसेनापतिलाई सुरक्षा परिषदमा राख्नुपर्ने लगायतका सुझाव दिएका छन् । दलहरूले लामो विवादपछि आठ प्रदेशमा सहमति गरे पनि सुझाव दिने राजधानीका अधिकांशले ५ वटाभन्दा बढी प्रदेश नबनाउन सुझाव दिएका छन् । 


यस्तै काठमाडौंको बानेश्वर र जोरपाटिमा संविधान मस्यौदाको सुझाव संकलन भइहरेका बेला प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । बानेश्वरमा राप्रपा नेपालका कार्यकर्ताले आफूहरुलाई कार्यक्रमस्थलमा जानबाट रोक लगाइएपछि विरोध गरेको बताएका छन् । यस्तै जोरपाटिमा धर्म निरपेक्षताको पक्ष र विपक्षमा मत आएपछि झडप भएको थियो ।