पिआर छैन प्रमाणीत भए राजीनामा दिन्छु मन्त्री थापा
खगेन्द्रप्रसाद घिमिरे
धनकुटा,५ असार: बाणिज्य तथा आपूर्ती मन्त्रि सुनिल बहादुर थापाले आफूसंँंग नेपाली नागरिकताबाहेक कुनै देशको पीआर भए मन्त्रिपदबाट राजिनामा दिन तयार भएको बताउनुभयो । संविधानको प्रारम्भिक मस्यौदा २०७२ छलफल गर्न गृह जिल्ला आएका मन्त्री थापाले विभिन्न मिडियामा आएको मेरो पीआर कसैले बदनाम गर्ने नियत मात्र हो,म नपाली नागरीक हुँ अन्य देशको कुनै पहिचान हुने कुनै आधार प्रमाणीत भए राजीनामा दिन्छु ।
फरक प्रशंगमा आठ महिना अघि मुलुकमा आएको वाणिज्य नीति मन्त्रिपरिषदबाट पारित नहँुदा नेपालको पहिचान स्थापीत गर्न नसकिएकोले मन्त्री थापाले बताउनुभयो । बाणिज्य नीति पारित गरिए एकीकृत निर्यात व्यापारलाई पूर्णता दिन र डब्लुटिओ र साप्mटालगायत अन्तर्राष्ट्रिय रुपमा भएका प्रतिवद्धता पुरा गरी कार्यन्वयनमा आउने बताउनुभयो ।
नेपाल आएल निगममा रहेको दुई खर्ब भारतिय ऋण तिर्न सफल भएको र नेपाल सरकारका विभिन्न क्षेत्रबट लिएको ऋण समेत मासिक रुपमा भुक्तानीको व्यवस्था गरिएको छ । उनले भने गत बैशाख महिनादेखि सरकारसंँंग आयलनिगमले सहायता नमागेको बताए । केहि समय पछि हालको संरचनामा रहेको पाँचै विकास क्षेत्रमा ग्यास भण्डार केन्द्र स्थापना गरिसक्ने उनले बताए ।
मन्त्रि थापाले भने संविधान सभाबाट संविधानको सम्झौताको दस्तावेज भनिएपनि मुख्य तीन दलहरुको मनोमानि निर्णय अरुले मान्न जरुरी नभएकोले विरोध आएको बताए । विरोधका स्वरहरुको संवोधन गर्न नसकिए मुलुक विद्रोहतर्फ जाने भएकाले गल्ती सच्याउने उचित समय भएको बताए ।
सबै जातजाति र धर्मको सम्मान गर्ने संविधान बनाउनुपर्ने अहिलेको समयमा संघियाताको नमाङ्कन र सिमाङ्कनमाभन्दा पनि राज्यको समथ्र्यको बारेमा पहिलो अध्ययन गरी निर्णयमा पुग्नुपर्ने धारण राखेका थिए । संघियतामा राजनीतिक निर्णय गर्नुभन्दा विज्ञहरुको टोली सहितको आयोग बनाउन तीन दललाई सुझाउ दिए ।