Live Streaming

​कागज बेचेर वार्षिक १० लाख आम्दानी

श्रीराम केसी
धुलिखेल,५ साउन। पसिना बगाउन सके स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदारण बनेका छन् पनौती १ का कैलाश सुन्दर श्रेष्ठ । घरमै नेपाली कागज उत्पादन र बिक्री गरेरै वार्षिक १० लाख रुपैयाँं आम्दानी गर्दै आएका उनले आफूसंँंगै आफ्नो परिवारलाई समेत रोजगारीको सृजना गरेका छन् ।


खेतीपाती र साधारण व्यापारको काम गर्दै आएका श्रेष्ठ केही प्रगती हुन नसकेपछि २०५८ मा ३ लाख रुपैयाँं लगानी गरेर नेपाली कागजको उत्पादन र बिक्री  सुरु गरेका उनले वार्षिक खर्च कटायर १० लाखसम्म मुनाफा गर्ने गरेका छन् । ‘साधारण खेतीपाती र व्यापारले घरव्यवहार चलाउन नसकेपछि साथीहरुको सल्लाअनुसार नेपाली कागजको उत्पादन तिर लागेका हुन्। श्रेष्ठले कारखानामा अहिले आफ्ना ४ जना परिवारका सदस्य सहित ६ जना कामदारलाई रोजगारीको दिंदै आएका छन् ।


नेपाली कागजको दिन प्रतिदिन माग बढ्दै गएकाले उत्पादन गर्न आफुलाई भ्याई नभ्याई भएको रेडियो अन्नपूर्णलाई बताए । ‘नेपाल मात्र नभई विदेशमा समेत नेपाली कागजको माग छ ।, माग अनुसारको उत्पादन गर्न सकेको छैन’  श्रेष्ठले भने ‘नेपाली कागजको प्रयोग सरकारी कार्यलयले देखी लिएर सहकारी, बित्तिय संस्थाहरुले समेत  प्रयोग गर्ने भएकाले माग अनुसारको उत्पादन गर्न नसकेको बताए ।’ 


पछिल्लो समय नेपाली कागजका लागि आवश्यक पर्ने कच्चा सामाग्री नपाउँंदा व्यवासाय राम्रोसंँंग सञ्चालन गर्न नसकेको गुनासो उनले सुनाए । ‘तर कच्चा पदार्थका सामानहरु सहज रुपमा आपूर्ति गर्न नसक्नाले  माग अनुरुपको उत्पादन गर्न समस्या रहेको बताए ।’ लोत्ता,अग्रेलीजस्ता कच्चा पदार्थहरु सहज रुपम उपलब्ध भएमा नेपाली कागजले विश्व बजार लिन सक्ने श्रेष्ठले दावी समेत गरे ।


अन्य कागजको तुलनामा नेपाली कागजको गुणस्तर र टिकाउट बढी हुने भएकोले स्वदेश तथा विदेशीमा नेपाली कागजको  अत्याधीक माग  बढर्दै गएको छ । लोत्ता र अग्रेलीलाई २४ घण्टासम्म पानीमा  भिजायर कास्टिक सोडा र विलीजीङ्ग पाउडरलाई  पकाइ  लदरो तरल पदार्थमा परिवर्तन गरी काठको फ्रेममा लेपन गरेर सुकाएपछि नेपाली कागज तयार हुने गर्छ । बजारमा नेपाली कागजको मुल्य प्रति ग्राम १८० रुपैयामा बिक्री हुने गरेको छ । बार्षिक ३ हजार ग्राम भन्दा बढी नेपाली कागज उत्पादन गरिे वार्षिक ४० लाखको बरावरको नेपाली कागज बजारमा पु¥याउँंदै आएको उनले बताए ।


प्रयोग गरिएको लामो समयसम्म किराले नखाने ढुसी नलाग्ने र अन्य कागजको तुलनामा टिकाउ हुने भएकोले नेपाली कागजमा पञ्चीकरण, सम्झौता पत्र ,तमसुल्कलगायत विभिन्न प्रयोजनको लागि नेपाली कागजको प्रयोग हँुंदै आएको छ ।