बाढीमा परी २२ जनाको मृत्यु
एजेन्स,५ साउन । भारतको मध्यप्रदेश र झारखण्ड लगातार दुई दिनदेखि परेको भारी वर्षापछि आएको बाढीका कारण २२ जनाको मृत्यु भएको छ । अन्य कयौँ बाढीले बगाएर बेपत्ता भएका छन् । बर्षाका कारण रेलमार्ग तथा सडक पनि अवरुद्ध भएको छ । मध्यप्रदेशको राजधानी भोपालदेखि सिरोह जिल्लाबाट मात्र १० जनालाई बाढीले बगाएको छ ।
त्यहाबाट अहिलेसम्म ८ जनाको शव निकालिसकिएको भारतीय संचार माध्यमले जनाएका छन् । अझै पनि केहि जिल्लाहरुमा भारती बर्षा भइरहेको र जनजीवन प्रभावित भएको जनाइएको छ । इंदौर, उज्जैन, होशंगाबाद र हरदा जिल्लामा अझै २४ घन्टासम्म बर्षा हुने प्रदेश मौषम विभागले जनाएको छ ।
झारखण्डमा पनि पछिल्लो ७२ घन्टा देखि परेको बर्षाका कारण १२ जनाको मृत्यु भएको छ । झारखण्डको पलामु, लोहरदगा, गुमला र राचीका केहि क्षेत्रमहरुमा सम्पर्क समेत टुटेको त्यहाका संचारमाध्यमहरुले जनाएका छन् । सो राज्यमा आधा दर्जनभन्दा बढि छोटा पुलहरु भत्किएका छन् ।