Live Streaming

​ मस्यौदाको विरोधमा तराई बन्दको आह्वान

काठमाडौं,५ साउन । देशभर नयाँ संविधानको मस्यौदामाथि जनमत तथा सुझाव संकलन भइरहेका बेला तराई केन्द्रीत राजनीतिक दलले भने आज तराईका जिल्ला बन्दको आह्वान गरेका छन् । तराईमा सक्रिय रुपमा राजनीति गरिरहेका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीले जनमत संकलनको विरोधमा आज मधेश बन्दको आह्वान गरेका हुन् ।

उनीहरुले आदिवासी, जनजाति, दलित, महिला र मधेसको अपमान हुने संविधान जारी हुन लागेको भन्दै यसर्लाइ कुनै हालतमा सफल हुन नदिने बताउँदै आएका छन् । यसअघि सोमबारदेखि सुरु भएको मस्यौदामाथिको सुझाव संकलनका क्रममा ती राजनीतिक दलहरुले तराईका विभिन्न जिल्लामा अवरोध सृजना गरेका थिए । उनीहरुले आफू अनुकुलको संबिधान बन्न नलागेको भन्दै जनमत तथा सुझाव संकलनको विरोध समेत गर्दै आइरहेका छन् ।