Live Streaming

​काठमाडौँ र ललितपुरमा बिहानैदेखि सुझाव संकल

काठमाडौं ५ साउन । काठमाडौँ र ललितपुरका केही निर्वाचन क्षेत्रहरुमा बिहानैदेखि सुझाव संकलन कार्य सुरु भएको छ । काठमाण्डौँ क्षेत्र नम्बर १ अन्तर्गत नयाँ बानेश्वरको थापागाउँस्थित बानेश्वर ब्यांकेटमा अहिले जारी छ भने २ बजे भि एस निकेतन विद्यायमा हुनेछ । क्षेत्र नम्बर २ अन्तरगत पुरानो बानेश्वरको गोल्डेन गेट कलेजमा अहिले चलिरहेको छ भने २ बजे थलीस्थित आस्था पार्टी प्यालेसमा सुझाव संकलनको कार्य सुरु हुने छ ।

यसैगरी काठमाण्डौँ क्षेत्र नम्बर ३ अन्तरगत बौद्धस्थित समता स्कुलमा पनि बिहान ७ बजेदेखि सुरु भएको छ भने सोही क्षेत्रमा गोकर्ण मन्दिर परिसरमा भने दिउसो २ बजेदेखि सुरु हुने छ । क्षेत्र नम्बर ४ अन्तरगत मित्रपार्कको गोल्डेनगेट पार्टी प्यालेसमा पनि साढे ७ बजेदेखि सुरु भएको छ भने कमलपोखरीस्थित अग्रवाल भवनमा भने दिउसो साढे २ बजेदेखि सुरु हुने कार्यक्रम छ । 
काठमाण्डौँ क्षेत्र नम्बर ५ मा धापासी नेचर क्लबमा बिहान साढे ७ बजेदेखि सुरु भएको छ भने धुम्बाराहीस्थित परेली पार्टी प्यालेसमा दिउसो साढे २ बजेदेखि सुझाव संकलनको काम सुरु हुनेछ ।

यस्तै क्षेत्र नम्बर ६ अन्तरगत झोर महांकालस्थित पब्लिक बोर्डिङ स्कुल बिहान साढे ७ बजेदेखि सुरु भएको छ भने धर्मस्थलीस्थित मिलन बोडिङ स्कुलमा दिउसो २ बजेदेखि, क्षेत्र नम्बर ७ को बालाजु पार्कमा बिहान ११ बजेदेखि, क्षेत्र नम्बर ८ अन्तरगत बसन्तपुर डबलीमा दिउसो १ बजेदेखि र क्षेत्र नम्बर ९ मा बलम्बु गुर्जुधारा जिविस भवनमा अहिले केहिबेरपछि सुझाव संकलन कार्यक्रम सुरु हुनेछ ।

क्षेत्र नम्बर १० मा भने संतुगंल पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यसैगरी ललितपुर क्षेत्र नम्बर १ को गोटीखेल उच्चमावि र क्षेत्र नम्बर २ को लुभुस्थित महालक्ष्मी क्याटरिङमा पनि ११ बजेदेखि सुरु हुनेछ भने क्षेत्र नम्बर ३ को भैँसेपाटीस्थित कमलविनायक घन्टाघरमा पनि ११ बजेदेखि सुझाव संकलनको कार्यक्रम सुरु हुनेछ ।