Live Streaming

अर्थमन्त्रीको गाडीलाई पेट्रोल बम प्रहार

नुवाकोट,४ साउन।: अर्थमन्त्री महतको गाडीलाई लक्षित गरेर पेट्रोल बम प्रहार भएको छ। नयाँ स‌ंविधानमा सुझाव लिने क्रममा नुवाकोट गइरहेका महत चढेको गाडीमा नुवाकोटको ढिकुरेमा बम प्रहार भएको हो। 

 बम प्रहारबाट मन्त्री महत र गाडीमा रहेका अन्यलाई केही नभएको नुवाकोट प्रहरीले जनाएको छ। गाडीलाई पनि केही क्षति नभएको जनाइएको छ। महत सुझाव संकलनका लागि नुवाकोटको खैरानीटार जाँदै थिए।