भूकम्पले भत्काएको दुई विद्यालयलाई दावीरको सहयोग
उदय जीएम
दाङ, ४ साउन । भूकम्पले भत्काएका भोजपुर र दोलखाका सामुदायिक विद्यालयको पुनर्निर्माण र ताप्लेजुङका बाढीपीडितका लागि हङकङमा कार्यरत दानवीरहरुले झण्डै २ लाख रुपैयाँ सहयोग गरेका छन् । धरानमा स्थायी घर भई हाल हङकङमा विगत ७ बर्षदेखि कार्यरत विकास देवानको अग्रसरतामा किरण राई तथा रिस्ता गुरुङको सहयोगमा उक्त रकम हस्तान्तरण गरिएको हो ।
हङकङमा रहेका किरण सुच्च लुहुन राईका अनुसार भोजपुरको सामुदायिक विद्यालयको पुनर्निर्माणको लागि १ लाख रुपैयाँ, ताप्लेजुङको बाडीपीडितको लागि ५६ हजार रुपैयाँ र दोलखा जिल्लाको एक सामुदायिक विद्यालयको लागि २० हजार रुपैयाँ गरी जम्मा १ लाख ७६ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।
“लौन केही गरौं अभियान”का अभियन्ता एवम् संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य अजम्बर राईमार्फत सोमवार काठमाडौंका प्राज्ञ शशि लुमुम्बु र समाजसेवी एवं आदिवासी जनजाति युवा महासंघ केन्द्रीय उपाध्यक्ष जुनु पुन मगरको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।