Live Streaming

दाङको क्षेत्र नं. ४ सुझाव सङ्कलन केन्द्रमा लाठीचार्ज, दुईजना पक्राउ

उदय जीएम
दाङ, ४ साउन: संविधानको प्रारम्भिक मस्यौदामा सुझाव सङ्कलनका क्रममा दाङको क्षेत्र नं. ४ मा पनि झडप भएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले सुझाव सङ्कलन कार्यक्रम चलिरहेकै बेला माइक लिएर भाषण गर्न थाल्दा प्रहरीले लाठीचार्ज गर्नुका साथै दुईजनालाई पक्राउ गरेको छ ।

माओवादी कार्यकर्ता भूपेन्द्र वलीले दिएको जानकारीअनुसार पक्राउ पर्नेहरुमा नेत्र लोहार र सुदर्शन शेर्पाइली रहेका छन् । “भाषण र नाराबाजीमात्रै गर्न थाल्दा प्रहरीले लाठीचार्ज गर्यो” वलीले भने । क्षेत्र नं. ४ को सुझाव सङ्कलन केन्द्र तुलसीपुरस्थित तुलसीपुर मावि सेन्टरमा राखिएको छ ।

यसअघि क्षेत्र नं. ५ को सुझाव सङ्कलन केन्द्र श्रीगाउँमा पनि लाठीचार्ज र झडप भएको थियो । लाठीचार्ज र दुबैतर्फबाट प्रहार हुँदा दुबैतर्फ ४–५ जना सामान्य घाइते भएका थिए ।