Live Streaming

दाङको सुझाव केन्द्रमा झडप

उदय जीएम

दाङ, ४ साउन । संविधानको प्रारम्भिक मस्यौदामा सुझाव सङ्कलनका क्रममा दाङको क्षेत्र नं. ५ मा झडप र तनाव भएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले नाराबाजी र सुझाव सङ्कलनमा अवरोध सिर्जना गरेपछि प्रहरी र माओवादी कार्यकर्ताबीच झडप भएको हो ।

जिल्लाको क्षेत्र नं. ५ को लागि श्रीगाउँ माध्यमिक विद्यालयमा सुझाव सङ्कन केन्द्र राखिएको थियो । प्रत्येक सुझाव सङ्कलन केन्द्रमा उक्त क्षेत्रका सभासद्सहित सुझाव सङ्कलन टोली ११ बजे पुग्ने कार्यक्रम रहेको थियो । सुझाव सङ्कलन टोली पुगेपछि माओवादी कार्यकर्ताहरुले नाराबाजी शुरु गरेका थिए ।

उनीहरुले नाराबाजी र सुझाव सङ्कलनमा अवरोध सिर्जना गरेपछि प्रहरीले लाठीचार्ज गरेको माओवादी समर्थित विद्यार्थी भूपेन्द्र वलीले जानकारी दिए । लाठीचार्ज र दुबैतर्फबाट प्रहार हुँदा दुवैतर्फ ४–५ जना सामान्य घाइते भएका छन् ।