Live Streaming

जनकपुरमा दर्जनौं प्रदर्शनकारी घाइते

जनकपुरधाम : संविधानको मस्यौदाको सुझाव संकलस्थलमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा जनकपुरमा दर्जनौं प्रदर्शनकारी  घाइते भएका छन् । संविधानको प्राराम्भीक मस्यौदालाई जनतामाझ छलफल गराउन खोज्दा त्यसको विरोधमा उत्रेका मधेसवादी दल र प्रहरीबीच जनकपुरमा झडप भइरहेको छ ।

सोमबार जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा सुझाव संकलनका लागि पुगेका सभासद्ह मिनाक्षी झा, प्रमिला दास र लिला कोइराला सभाकक्षमा प्रवेश गरेपनि सर्वसाधारणलाई प्रवेश निशेध गरिएको छ ।

नागरिकलाई प्रवेश नदिएपछि कस्तो छलफल हुने हो भन्ने प्रश्न गर्दै सभाकक्षमा प्रवेश गर्न खोजेका सर्वसाधारण र प्रहरीबीच अहिले झडप भइरहेको छ ।
यसैबीच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र मधेश अधिकार संरक्षण समितिका नेता कार्यकर्ताले छलफल स्थलमा पुगेर मस्यौदाको विरोधमा नाराबाजी गरिरहेका छन् ।
भीडलाई नियन्त्रण गर्न सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ