Live Streaming

लिपुलेकको विवाद समाधानका लागि भारत सकारात्मक: दाहाल

काठमाडौं,४ साउन । भारत र चीनचीच विवादास्पद सम्झौता भएको नेपाली भुमि लिपुलेकको विवाद समाधानका लागि भारत सकारात्मक देखिएको छ । एकसाता लामो भारत भ्रमण पुरा गरी आज स्वदेश फर्कनुभएका एकिकृत माओवादी  अध्यक्ष पुष्पकमल दाहालले सञ्चारकर्मीहरुसँंंग कुरा गर्र्दै लिपुलेकका विषयमा प्याकेजमै समहती खोज्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक रहेको जानकारी दिनुभयो ।

भ्रमणका क्रममा नेपाल भारत सिमा विवादका विषयमा समेत प्रधानमन्त्री मोदीसँंंग कुराकानी भएको उहाँंले जानकारी दिनुभयो । नेपालको संविधान निर्माण र विकासप्रति भारतको सधैं सद्भाव र सहयोग रहने बताउँंदै दाहालले छिटोभन्दा छिटो संविधान निर्माण होस् भन्ने चाहाना भारतको रहेको भेटका क्रममा आफूले पाएको समेत बताउनुभयो । सबैको सहमतीमा संविधान निर्माण होस् भन्ने भारतिय प्रधानमन्त्री र राष्ट्रपतिको चाहाना भएको उहाँंले जानकारी गराउनुभयो ।