जनकपुर बन्द
जनकपुर,४ साउन । संविधानको मस्यौदामाथि सुझाव संकलनको काम बिथोल्ने भन्दै जनकपुरमा बन्दको आह्वान गरिएको छ । विभिन्न मधेशवादी राजनीतिक दलमा आवद्ध युवाहरुको संगठन मधेश अधिकार संरक्षण समितिले आह्वान गरेको बन्दको असर बिहानैदेखि देखिन थालेको छ ।
आदिवासी, जनजाति, महिला, मधेसीलगायतको अधिकार कुण्ठित गर्दै मस्यौदा ल्याइएको भन्दै त्यसको विरोधमा बन्दको आह्वान गरिएको समितिले जनाएको छ । हिजो स्थानीय नागरिकलाई मस्यौदा बाड्ने क्रममा उनीहरुले खोसेपछि प्रहरीसँग झडप भएको थियो ।