मादकपदार्थ सेवगरी १४ वर्षीय किशोरको हत्या

सीता निरौला
ताप्लेजुङ ३ साउन । ताप्लेजुङको लिङतेपबाट पसलको समान लिएर आउँंदै गरेका एक १४ वर्र्षीय किशोरको शनिबार साँझ हत्या भएको छ । प्रहरीका अनुसार लिङतेपबाट साँवा जाने क्रममा थुकिम्मा पुगेका १४ वर्षीय किशोर सुमन लिम्बूलाई उनीसँगै रहेका ४ जना युवाहरुले हतियार प्रहार गरी हत्या गरेका थिए । थुकिम्मा आएर भारी बिसाए पछि उक्त समुहले मादक पदार्थ सेवन गरेको र उत्पन्न झगडा पछि समुहकै सबैभन्दा साना लिम्बूलाई ४ जनाको समुहले मिलेर हत्या गरेको प्रहरी नायव उपरिक्षक शान्तीराज कोइरालाले बताए । उनका अनुसार लिम्बुको खुकुरी र ढुङगामुढा प्रहार गरी हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको छ ।
लिम्बुको हत्या गरी भाग्दै गरेका साँवा ७ निवासी २२ वर्र्षीय अनुप थलङलाई शनिबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो । हत्यामा संलग्न साँवाकै २० वर्र्षीय प्रेमकुमार थलङ,३० वर्र्षीय सञ्चबहादुर थलङ र २८ वर्र्षीय पूर्ण बहादुर थलङलाई भने नाल्वुको संग्रातेमा सुतिरहेको अवस्थामा आइतबार बिहान मात्र पक्राउ गरिएको प्रनाउ कोइरालाले जानकारी दिए । मृतक लिम्बुको शव आफन्तले पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल तर्फ ल्याउँंदै गरेको बताएका छन् । हत्यामा संलग्न भनि पक्राउ गरिएका चारैजना अभियुक्तलाई पनि थप अनुसन्धान र कारवाहीका लागि सदरमुकामतर्फ ल्याइँंदै गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।