एम्बुस बिष्फोटमा ११ सैनिक मारिए

एजेन्सी,३ साउन । स्लामिक विद्रोही समुहको एम्बुस बिष्फोटमा परि अल्जेरियामा ११ सैनिक मारिएका छन् । राजधानी अल्जेरिर्यस नजिकको एक मस्जिदलाई लक्षित गरि विद्रो्हीले एम्बुस बिष्फोट गराउँंदा ती सैनिक मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सो बिष्फोटमा परि अन्य दर्जनौ सर्वसाधारण घाइते भएका छन् । ईस्लामहरुको पवित्र पर्ब इद मनाउन सर्बसाधारण भेला भएको बेला सो बिष्फोट गराइएको बताइएको छ । बिष्फोटमा सैनिक गाडी परेको अल्जेरियन अधिकारीहरुले जनाएका छन् ।