आज सार्वजनिक विदा

काठमाडौं,३ साउन । मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व इल उल फित्रका अवसरमासरकारले आज सार्वजनिक बिदा दिएको छ । इदको मुख्य दिन हिजै भए पनि शनिबार परेकाले आज सार्वजनिक विदा दिइएको हो । रोजा व्रत हिजो सकिएपछि तीनदिनसम्म मनाइने इल उल फित्रमा आज कठिन ब्रत बस्ने प्रचलन रहेको छ ।
आज बिहान ३ बजेर ३५ मिनेटमा सुरु भएर साँझ ७ बजेर ५ मिनेटसम्म निराहार बसेर मुस्लिम धर्मावलम्बीहरुले कठिन ब्रत लिदैछन् । आजका दिन इस्लामिक धर्मग्रन्थ पाठ गरी नराम्रा काम गर्न नहुने र नराम्रा कुरा सुन्न नहुने धार्मिक मान्यता छ । हिजो रोजा ब्रत सकिएको खुशीयालीमा आज कठिन ब्रत बसिने केन्द्रिय हज समितीले जनाएको छ ।
यस पर्वका अवसरमा गरिब तथा असाहयका लागि खानेकुरा तथा कपडा दान गर्ने र एकआपसमा खुशीयाली तथा शुभकामना आदप्रदान गर्ने प्रचलन रहेको छ । यसैबिच मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व इल उल फित्रका अवसरमा प्रधानमन्त्री सुशिल कोइरालाले शुभकामना सन्देश दिंदै स्वदेश तथा विदेशमा रहनुभएका मुसलमान समुदायका नागरिकमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।