Live Streaming

कालगण्डकी राजमार्ग अवरुद्ध

पर्वत,३ साउन । निरन्तरको वर्षाका कारण पहिरो खसेपछि पर्वतको कालगण्डकी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गअन्तर्गत फलेवासदेखि दक्षिणमा पर्ने रानीपानीसम्मको सडक खण्डमा ठाउँ ठाउँमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँंदा सर्वसाधारण यात्रुका साथै नयाँ संविधानको मस्यौदामाथि सुझाव संकलनका लागि गएका सभासदहरुको टोली पनि प्रभवित भएको छ । वर्षाका कारण यसअघि पनि सडकका केही खण्डहरुमा यतायात सञ्चालन हुन सकेको थिएन । अहिले पनि पहिरोले थुनिएको ठाउँ खुलाउने प्रयास भइरहेको पर्वत प्रहरीले जनाएको छ