Live Streaming

धारिलो हतियार प्रयोग गरी धरानका भेसु मगरको हत्या

रत्नप्रसाद आचार्य
धरान, साउन १ः धारिलो हतियार प्रयोग गरी सुनसरी जिल्लाको धरान उपमहानगरपालीका ८ का २३ वर्षीय भेसु मगरको हत्या गरिएको छ । गएराति स्थानिय एक दर्जन युवाहरुको समुहले धरान ८ अरुण टोलका मगरलाई घरदेखि लखेट्दै नजिकैको मकैबारीमा लगेर हत्या गरिएको स्थानियबासिन्दाले बताएका छन् । हत्या गरिएका मगरको अनुहार र शरीरका विभन्न भागमा  हतियारले काटेका गम्भीर चोटपटक देखिएका छन् । 


आन्तरीक झगडाका कारण स्थानिय एक युवासंँंग यस अगाडि पनि कुटाइ खाएका मगरले औषधी उपचार मागेका कारण उनको हत्या गरिएको बताइएको छ । भेसुकी आमा रामकुमारीले छोराको हत्या गर्नेहरुको नाम प्रहरीलाई दिइसकेकेकाले हत्यारालाई  पक्राउ गरी कडा कारबाहीगर्न माग गरेकी छिन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतीले भेसुका हत्याराको पहिचान भइसकेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिसकिएको जानकारी दिएका छन् । भेसुको शव पोष्ट मार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।