ट्यांकर र बस जुध्दा आठ जनाको मृत्यु

हरि शर्मा
परासी,१ साउन । नवलपरासीमा ट्यांकर र बस एक आपसमा जुध्दा आठ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । नवलपरासीको दुम्किबास पाँच दाउन्नेस्थित विश्वकर्मा बाबाको मन्दिर नजिक सो दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै सहकर्मी हरि शर्माले जनाएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जांदै गरेको यु पी ३२ डि एन ०८५४ नम्बरको भारतीय नम्बर प्लेटको ट्यांकरले नारायणगढबाट दाङका लागि छुटेको ना ४ ख ५१४३ नम्बरको बसलाई ठक्कर दिंदा दूर्घटन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा ज्यान गएको जनाईएको छ । गम्भीर घाइते भएका ६ जनाको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । ज्यान गुमाउनेहरुको अझै सनाखत हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।