छुटछुट्टै ठाउँंमा बाह्रजनाको मृत्यु
एजेन्सी,१ साउन । अफगानिस्तानको राजधानी काबुलमा तालेवान विद्राहीले गराएको एम्बुसमा परि कम्तीमा ८ जनाको मृत्यु भएको छ । राजधानी काबुलको पूर्वी क्षेत्रमा गराइएको सो एम्बुस बिष्फोटमा परि अन्य दर्जनभन्दा बढी घाइते भएको अफगान अधिकारीहरुले जनाएका छन् । बिष्फोटमा परि मारिनेमा ४ प्रहरी र ४ सर्बसाधारण रहेका छन् ।
प्रहरी भेनलाई लक्षित गरि सो बिष्फोट गराएको अफगान अधिकारीहरुलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उता अमेरिकामा एक व्यक्तिले गरेको अन्धाधुन्धा गोली प्रहारमा परि कम्तीमा ४ जनाको मृत्यु भएको छ । टेनेसि राज्यमा सेनाको २ केन्द्रलाई लक्षित गरि मोहम्बद युसुफ नामक ब्यक्तिले अन्धाधुन्ध गोली चलाएका थिए । मारिने सबै सुरक्षा अधिकारी रहेको बताईएको छ ।