Live Streaming

​एकै पटक एक सय बाइस न्यायाधीशको सरुवा

काठमाडौं,१ साउन । न्यायपरिषद्ले १ सय २२ न्यायाधीशको सरुवा गरेको छ । प्रधान न्यायाधीश कल्याण श्रेष्ठको अध्यक्षतामा हिजो बसेको बैठकले पुनरावेदन अदालतका चौतीस र जिल्ला अदालतका अठासी जना गरी १ सय २२ जना न्यायाधीशको सरुवा गरेको हो ।

प्रधानन्यायधिस श्रेष्ठले राम्रोस्तरका न्यायाधीशहरु पनि दुर्गम जिल्लामा गएर त्यहाँका जनतालाई न्याय दिनुपर्ने भएकाले आफूले सबैलाई फरक फरक ठाउँमा सरुवा गरेको जानकारी दिनुभएको छ ।