Live Streaming

​हिजोदेखि सडक अवरुद्ध

सिन्धुपाल्चोक,१ साउन । सिन्धुपाल्चोकको बसेरीमा खसेको पहिरोले अवरुद्ध बाह्रबिसे – तातोपानी सडक अझै सुचारु हुन सकेको छैन । सडक अवरुद्ध हुँंदा सो सडक भएर सञ्चालन हुने यातायातका साधनहरु बीच बाटोमै रोकिएका छन् । अहिले सडक सञ्चालन गर्ने प्रयास भइरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । बुधबार रातीको वर्षाका कारण पहिरो खसेपछि हिजोदेखि सो सडक अवरुद्ध भएको हो ।