Live Streaming

नेपाली सेना व्यारेक फर्कियो

काठमाडौं,१ साउन । भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका लागि खटिएका नेपाली सेना व्यारेक फर्किएको छ । वैशाख १२ र त्यसपछि पटक–पटक गएको पराकम्पबाट प्रभावित जिल्लाहरुमा खटिएको सेना असार मसान्तबाट व्यारेक फर्किएको नेपाली सेनाले जनाएको छ ।

उद्धार, राहत वितरण र पुनःस्थापनामा खटिएका सेना पुरातात्विक सम्पदा पुनःनिर्माणमा भने अझै खटिनेछ । भूकम्प प्रभावितहरुको जीवन सामान्य बन्दै गएकाले ब्यारेक फर्किएको सेनाले जनाएको छ ।