Live Streaming

लोगोमा लफडा

तोयानाथ भट्टराई
इलाम,३१ असार ।  सात वर्षको प्रयास पछि नेपाली चियाले पाएको लोगोमा सरोकारवालबीच नै लफडा सुरु भएको छ । नेपाली चियाको लोगो प्रयोग गर्ने अधिकार हिमालयन अर्थोडक्स टि एसोसिएसन (होट्पा)ले पाएपछि चियाको क्षेत्रमा देशव्यापी सञ्जाल भएको कन्द्रिय चिया सहकारी संघले सबैको अपनत्व र प्रयोगको अधिकार सुनिश्चीत हुनुपर्ने माग गरेको छ ।


संघका महासचिव रविन राईले गुणस्तर कायम गर्ने सबैले लोगाको उपयोग गर्न पाउनु पर्ने बताए । उनले सहकारीवाट उत्पादीत चियाका लागि संघले लोगो वितरण गर्नपाउनु पर्ने व्यवस्था गर्न माग गरे । अहिलेको व्यवस्थाले साना उत्पादकर सहकारीले उत्पादन गरेको चियाले लागो नपाउने अवस्था आएको बताए ।


संघमा देश भरका १९२ चिया सहकारी आवद्ध छन् । कतिपयले किसानबाट चिया खरिद गरेर आफ्नै कारखानामा प्रसोधन गर्ने गरेका छन् । यस्ता उत्पादकका लागि कस्तो व्यवस्था हुने भन्ने पनि विचार गरिनु पर्छ । होड्पा चिया कारखानाका मालिकहरुको सस्था हो । राईले लोगोका विषयमा अन्तराष्ट्रिय प्रचलनको समेत अध्यान गरीरहेको बताए ।


पहाडि भेगमा मात्र उत्पादन हुने अर्थोडक्स चिया जर्मन लगायतका देशमा निर्यात हुने गरेको छ । संघको स्थापना पछि देश भरका चिया किसान सहकारीमा संगठित हुन थालेको संघका अध्यक्ष गोविन्द दहालले बताए । संघले स्थापना काल देखिनै चियाको लोगोको माग गर्दै आएको थियो । नेपालको चियाले नेपाल टि को लोगो पाएको छ । राईले समस्या मात्र हैन केहि दिनमै अन्तराष्ट्रिय प्रचलनलाई समेत हेरेर सबैको अपनत्व हुने लोगोको अधिकार क्षेत्र निर्माण गर्न काम सुरु गर्ने बताए ।