पहिरोमा आमा गुमाएका छ वर्षीय सुवासको लालनपालनमा समस्या

रत्नप्रसाद आचार्य
धरान,३१ असार । संखुवासभाको पाथीभरा गाविसमा जेष्ठ २९ गते पहिरोले पुरिएका ६ वर्र्षीय बालक सुवास तामाङ एक महिनाको उपचार पछि तन्दुरुस्त बनेका छन् । पहिरोमा आमा र ३ वर्र्षीय भाई गुमाएका शुवासको तन्दुरुस्त बनेसंँंगै लालनपालन र शिक्षादिक्षामा समस्या देखिएको छ । उनी घरमा सुतिरहेका बेला आएको पहिरोले घर बगाएपछि दुई दिनसम्म पुरिएका थिए ।
पाथीभरा गाविसमा पहिरोले पुरिएपछि दुई दिनपछि नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी जिल्ला अस्पताल खादवारीमा उपचारका लागि शुवासलाई भर्ना गरिएको थियो । पहिरोमा पुरिएर बेहोस बनेका सुवासलाई खादवारी अस्पतालले उपचार गर्न नसकेर रेफर गरेपछि उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका थिए । एक महिनापश्चात उपचार गरी प्रतिष्ठानबाट डिस्चार्ज बनेका सुवास हाल तन्दुरुस्त बनेका छन् ।
घरमा सुतिरहेको बेला पहिरोले घर बगाएर आमा र ३ वर्षको भाइ गुमाएका सुवास दन्तुरुस्त भएसँंंगै उनको लालन पालन र शिक्षादिक्षामा समस्या देखिएको छ । नेपाल तामाङ घेदुङ संघ धरानको सहयोगमा बीपी प्रतिष्ठानले निशुल्क उपचार गरी शुवास प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । उनलाई हाल तामाङ घेदुङ संघ धरानका अध्यक्ष जयबहादुर तामाङले घरमा पालन पोषण गरिरहेका छन् । अस्पतालबाट डिस्चार्ज भएपछि आमा र भाइको खोजि गरिरहेका शुवास अहिले सम्म विद्यालय भर्ना भएका छैनन् । उनले आमा र भाइलाई पहिरोले बगाएर निधन भएको खबरसम्म जानकारी छैन् ।
शुवास तामाङ भाषामा मात्र बोल्ने भएकाले उनले बोलेको भाषा बुझन कठिनाई भएको उनी बताउछन् । नेपाली भाषा नबुझेकै कारण उनको लालन पालन र शिक्षा दिक्षामा समेत समस्या हुने जय बहादुरको भनाई छ । आदीवासि जनजाती महासंघका पूर्वाञ्चल संयोजक सुजेन्द्र तामाङले शुवासको शिक्षा दिक्ष र लालन पालनका लागि सरकारले सहयोग गर्नु पर्ने माग गरेका छन् । पहिरोमा परेर उनकी आमा सुकमाया तामाङ र ३ वर्षको भाइ सुनिलको मृत्यु भएको थियो । स्थानियबासिन्दाले सुकमायाको शव भेटेर दाहसंस्कार गरिएपनि भाइ सुनिलको शव अझै नभेटिएको सुवासका बाबु शेरबहादुर तामाङले बताए । पहिरोमा पुरिएका उनी अस्पतालबाट डिस्चार्ज भएपनी दुवै खुट्टाको घाउ भने अझै निको भइसकेको छैन् ।
सुवासको शिक्षादिक्षका लागि एसओएस बालग्राम इटहरीमा पहल भइरहेको छ, जयबहादुरले भने त्यसको प्रकृयाका लागि शेरबहादुरलाई गाविस र जिल्ला प्रशासन कार्यालयको सिफारिस ल्याउनका लागि पठाएका छौं । छोराको शिक्षादिक्षाका लागि संखुवासभा पुगेका शेरबहादुरले फोन सम्पर्कमा सरकारले अहिले सम्म आफूलाई कुनै प्रकारको क्षतिपूर्ति नदिएको गुनासो गरेका छन् । पहिरोले घर बगाउँंदा आफू घरमा नभएको र छोरालाई पनि अस्पताल पुर्याएपछि मात्र खबर पाएको उनले बताए । दुःख गरेर बनाएको घर सहित श्रीमती र कान्छो छोरालाई पहिरोले बगायो अब म कसरी बस्नु उनले भने छोरा सुवासको शिक्षादिक्षमा सबैले सहयोग गरे मनलाई केही सान्त्वना मिल्ने थियो ।