एचआइभी उपचारको लक्ष्य पुरा भएको एड्स एजेन्सकिो दावी

एजेन्सी,३१ असार। सन् २०१५ सम्ममा डेढ करोड एचआइभी संक्रमितको उपचार गर्ने संयुक्त राष्ट्रसंघको लक्ष्य पूरा भएको राष्ट्रसंघीय एड्स एजेन्सीले जनाएको छ । उसका अनुसार राष्ट्रसंघले तय गरेको लक्ष्य निर्धारित समयभन्दा ९ महिना अगावै अर्थात् गत मार्च महिनामै हासिल भएको हो ।
एचआइभी विरुद्धको विश्वव्यापी संघर्षका कारण सन् २००० यता ३ करोड मानिसलाई एच आइ भी संक्रमित हुनबाट बचाइएको तथा एड्सकै कारण हुने ८० लाख मृत्यु रोक्न सकिएको राष्ट्रसंघीय तथ्यांकले जनाएको छ ।यो अवधिमा विश्वमा नयाँ एच आइभी संक्रमणको दर घटेर २६ लाख प्रतिवर्ष बाट १८ लाख प्रतिवर्षमा झरेको छ । त्यस्तै एड्सका कारण हुने वार्षिक मृत्यु १६ लाखबाट १२ लाखमा झरेको बताइएको छ ।
राष्ट्रसंघका अनुसार विश्वव्यापी रुपमा एकताबद्ध प्रयास भए सन् २०३० सम्ममा एड्सको महामारीको अन्त्य गर्न सकिने युएन एड्सले जनाएको छ । राष्ट्रसंघका महासचिव बान की मुनले एड्सको महामारी घटाउनका लागि विश्वले महत्वपूर्ण योगदान गरेको भन्दै अब दिगो विकाश लक्ष्यको भागको रुपमा एड्सको महामारी अन्त्य गर्ने प्रतिबद्धता सबैले गर्नुपर्ने बताए । वृद्धि भएर ४ अर्ब ८० करोडबाट २० अर्ब डलर पुगेको छ । राष्ट्रसंघका अनुसार आउँदो पाँच वर्षसम्म विश्वव्यापी रुपमा एकताबद्ध प्रयास भएमा सन् २०३० सम्ममा एड्सको महामारीको अन्त्य गर्न सकिने युएन एड्सले जनाएको छ ।